विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
विदुर खबर
२०८३ साउन ६ गते ७:३७
आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन् ।

उनलाई करिब ७/८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।

पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए । ‘करिब ७ रोपनी खेत बगायो, खेत पुरै भीरजस्तो भएको छ’, उनले भने ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया