अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
नुवाकोट । गृहमन्त्री सुदन गुरुङले नुवाकोटका नदी तथा खोलाहरूमा भइरहेको अवैध दोहन र अनधिकृत उत्खननप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई तत्काल रोक्न कडा निर्देशन दिएका छन्।

नुवाकोटका विभिन्न विकास निर्माण, सुरक्षा स्थिति र प्राकृतिक स्रोतको व्यवस्थापनसम्बन्धी अनुगमन तथा निरीक्षणका क्रममा पुगेका गृहमन्त्री गुरुङले जिल्लाका प्रशासनिक तथा सुरक्षा प्रमुखहरूसँगको छलफलमा उक्त निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिँदै त्रिशूली, तादी लगायतका स्थानीय नदी तथा खोलाहरूबाट मापदण्डविपरीत बालुवा, गिट्टी र ढुङ्गाको अनधिकृत उत्खनन भइरहेको गुनासो प्राप्त भएकाले यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न भनेका छन्।

विकासको नाममा विनाश गर्ने र प्राकृतिक स्रोतको दोहन गरेर राज्यलाई नोक्सान पुर्याउने छुट कसैलाई छैन,” गृहमन्त्री गुरुङले भने, “स्थानीय प्रशासनले खुट्टा नमानी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ।”


नुवाकोटमा पछिल्लो समय खोला तथा नदी किनारमा बढेको अनियन्त्रित उत्खननका कारण प्राकृतिक प्रकोपको जोखिम बढेको र वातावरणीय सन्तुलन बिग्रिएको भन्दै स्थानीय बासिन्दाले समेत चिन्ता व्यक्त गर्दै आएका थिए।
छलफलमा उपस्थित स्थानीय प्रतिनिधिहरूले पनि पालिकाको नियम मिचेर हुने अवैध दोहनले वातावरण र राज्यको राजस्व दुवैमा असर पारेको भन्दै कडा कानुनी सुशासन कायम गर्न आग्रह गरेका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया