नुवाकोटको ककनीमा एक महिला मृत फेला

विदुर खबर २०८३ साउन ५ गते ७:५५

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–६ पैतिसकिलोस्थित वरखोल्सा खोलानजिक एक महिला मृत अवस्थामा फेला परेकी छन्।

Advertisement

प्रहरीका अनुसार मृतक लिखु गाउँपालिका–३ ढाडेफेदी घर भई हाल ककनी गाउँपालिका–६ मा दिलमाया लामाको गाई फर्ममा काम गर्दै आएकी अन्दाजी ४५/४६ वर्षीया दुर्गा राई (स्थानीयले ‘राईनी दिदी’ भनेर चिन्ने) हुन्।

आज बिहान करिब १०:०० बजे उनी मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी ककनीबाट ८ जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी ककनीबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्छ।

Advertisement

दिउँसो करिब १:०० बजे घटनास्थलको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न गरी शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया