नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावरले १५०% हकप्रद निश्कासन गर्ने
नुवाकोट । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडले चुक्तापूँजीको १५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद निश्कासनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २० गते १५ औं वार्षिक साधारणसभा आह्वानको निर्णय गरेको हो ।
काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सो दिन साधारणसभा आह्वान गरिएको सूचनामा उल्लेख छ । कम्पनीको हालको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १५० प्रतिशत हकप्रद निश्कासन साधारणसभाबाट पारित भई नियामकबाट समेत स्वीकृत भएमा कम्पनीको चुक्तापूँजी बढेर १ अर्बको उचाईमा पुग्नेछ ।
वार्षिक साधारणसभामा गत आर्थिक वर्षको लेखापरीक्षण, वासलात, नाफानोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायतका अजेण्डा पेश हुने बताइएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस ६ गते एकदिनका लागि बुक क्लोज गरेको छ । यसको अर्थ पुस ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम हुनेले मात्र सभामा सहभागी हुन पाउनेछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी ४९ लाखभन्दा बढी घाटामा गएको छ।
कम्पनीले ०७८ चैतदेखि व्यापारिक उत्पादन गरी विद्युत बिक्री गर्न थालेको हो । आगामी दिनमा कम्पनीले तल्लो तोदी खोला जलविद्युत आयोजना(४.९९३ मेगावाट)को व्यवस्थापन विश्लेषण गर्दै व्यवसायिक रुपले सुक्ष्म तरिकाबाट सञ्चालन गर्ने योजना रहेको छ ।
यो आयोजनामा २०७८-८० को साउन २४ गते परेको अविरल वर्षाका कारण नदीमा ठूलो बाढी आई आयोजनाको केही भौतिक संरचनामा क्षति पुगेको र त्यसका कारण १ महिना विद्युत उत्पादन ठप्प हुँदा कम्पनीलाई ठूलो क्षति पुगेको थियो । सो घटनालाई काबुबाहिरको परिस्थितिका कारण नेपाल विद्युत प्राधिकरणले बिल पुनरावलोकन गर्ने भएको कम्पनीको दाबी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना
नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने





प्रतिक्रिया