नुवाकोटमा शंख बजाउने प्रतियोगिता हुने
नुवाकोट । नुवाकोटमा पहिलो पटक शंख बजाउने प्रतियोगिता हुने भएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा शंख बजाउने प्रतियोगिता मंसिर ६ गते हुने बताइएको छ । स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्न भन्दै नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगिता आयोजना गर्न लागेको हो । हरिवोधनी एकादशीको अवसर पारेर प्रतियोगिता गर्न लागिएको हो ।
सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ जिल्लामै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको आयोजकले दाबी गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद दशहजार हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई पाँच हजार रुपैयाँ, र सान्त्वना तिन हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ ।
शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया