साईकल र्दुघटना हुँदा नुवाकोटमा एक जनाको ज्यान गयो
विदुर खबर
२०८० असोज २२ गते १७:४७

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ साहुगाउँमा साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर ७ साहुगाउँका ६० वर्षिय दक्षमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सोमवार दिउँसो १२ बजेतरि आफैले चलाएको साईकल ओरोलोमा अनियन्त्रित हुँदा तामाङ सडकबाट ५ मिटर तल खसेर गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया