त्रिशुली अस्पतालमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी

विदुर खबर २०८० असोज ७ गते ९:२२

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहको डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको भन्दै अस्पतालमा कार्यरत डाक्टरहरुले असन्तुष्टि जनाएका छन् ।

Advertisement

अस्पतालमा नवौ तहको डाक्टर हुँदाहुदै आठौ तहका डाक्टरहलाई मेसु दिइएको भन्दै अहिले अस्पताल प्रशासनको विरोध हुन थालेको छ ।
अस्पतालमा अहिले नवौ तहमा डा अच्युत पौड्याल कार्यरत हुँदाहुँदै आठौ तहका डाक्टर प्रतिक सिंहलाई मेसुको जिम्मेवारी दिइएको हो ।

अस्पतालका डा.अच्युत पौडेलले वरीयता अनुसार मेसुको जिम्मेवारी आफुले पाउनुपर्ने माग गरेपनि अस्पताल व्यवस्थापन समितिले उनलाई वेवास्ता गर्दै आएको छ । वरियता अनुसार अस्पालको मेसुको जिम्मेवारी मैले पाउनुपर्ने हो, तर मेरो कुरा अस्पताल व्यवस्थापनले सुनिरहेको छैन, डा. पौड्यालले विदुर खबरसँग भने ।

Advertisement

अस्पतालमा वरीयता अनुसार जिम्मेवारी नहुँदा काम गर्न समस्या भएको अन्य डाक्टरहरुले समेत बताएका छन् ।
२०८० जेष्ठ २४ गते बाग्मति प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयबाट स्थाई नियुत्ती लिई पौडेलको त्रिशुली अस्पतालमा नवौ तहको रुपमा २०८० साले असार ३ गते पदस्थापना भएको थियो ।

अस्पताल व्यवस्थापन समितिले समितिलेमा अस्पतालको सिनियर डाक्टर राख्नुपर्ने नियम समेत ख्याल नगरी कानुनको समेत धज्जी उडाएको छ । अस्पतालको बेतिथिको विषयमा जानकारी लिन खोज्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डित समय नभएको भन्दै पन्छिएका छन् ।

Advertisement

अस्पतालमा नवौ तहको डाक्टरलाई मेसु बनाउनुपर्ने माग गर्दै डाक्टरहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समेत लिखित र मौखिक उजुरी परेको छ ।

प्रतिक्रिया