त्रिशुली अस्पतालमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहको डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको भन्दै अस्पतालमा कार्यरत डाक्टरहरुले असन्तुष्टि जनाएका छन् ।
अस्पतालमा नवौ तहको डाक्टर हुँदाहुदै आठौ तहका डाक्टरहलाई मेसु दिइएको भन्दै अहिले अस्पताल प्रशासनको विरोध हुन थालेको छ ।
अस्पतालमा अहिले नवौ तहमा डा अच्युत पौड्याल कार्यरत हुँदाहुँदै आठौ तहका डाक्टर प्रतिक सिंहलाई मेसुको जिम्मेवारी दिइएको हो ।
अस्पतालका डा.अच्युत पौडेलले वरीयता अनुसार मेसुको जिम्मेवारी आफुले पाउनुपर्ने माग गरेपनि अस्पताल व्यवस्थापन समितिले उनलाई वेवास्ता गर्दै आएको छ । वरियता अनुसार अस्पालको मेसुको जिम्मेवारी मैले पाउनुपर्ने हो, तर मेरो कुरा अस्पताल व्यवस्थापनले सुनिरहेको छैन, डा. पौड्यालले विदुर खबरसँग भने ।
अस्पतालमा वरीयता अनुसार जिम्मेवारी नहुँदा काम गर्न समस्या भएको अन्य डाक्टरहरुले समेत बताएका छन् ।
२०८० जेष्ठ २४ गते बाग्मति प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयबाट स्थाई नियुत्ती लिई पौडेलको त्रिशुली अस्पतालमा नवौ तहको रुपमा २०८० साले असार ३ गते पदस्थापना भएको थियो ।
अस्पताल व्यवस्थापन समितिले समितिलेमा अस्पतालको सिनियर डाक्टर राख्नुपर्ने नियम समेत ख्याल नगरी कानुनको समेत धज्जी उडाएको छ । अस्पतालको बेतिथिको विषयमा जानकारी लिन खोज्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डित समय नभएको भन्दै पन्छिएका छन् ।
अस्पतालमा नवौ तहको डाक्टरलाई मेसु बनाउनुपर्ने माग गर्दै डाक्टरहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समेत लिखित र मौखिक उजुरी परेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया