धादिङको खानीगाउँमा भेटिएको सालकको उद्धार
नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिका– ४ खानीगाउँको सडक छेउमा फेला परेको संरक्षणको सूचीमा पर्ने सालकलाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।
पैदल हिँड्ने क्रममा गोपी कृष्ण भण्डारीले सडकमा सालक भेटेपछि उनले उद्धार गरी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका हुन् ।
यस वर्ष मात्रै तीन वटा सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताए ।सालक दुर्लभ वन्यजन्तु अन्तर्गत पर्दछ । उद्धार गरिएको सालक २६ इन्चको लम्बाइ, १६ इन्चको मोटाई सहित २ किलोग्राम ३०० ग्राम रहेको छ ।
‘सालक दुर्लभ वन्यजन्तु हो । किसानको त साथी नै हो । सालकले धमिरा खाइदिन्छ । वातावरण सन्तुलनमा पनि सालकको उस्तै भूमिका रहेको हुन्छ’, मानन्धरले बताए। उद्धार गरिएको सालकलाई सिद्धलेक गाउँपालिकाको सामुदायिक वनमा छोडिएको छ ।
आफ्नो गाउँघर वरपर सालक तथा अन्य दुर्लभ जीव जनावर देखे वन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन मानन्धरकाे आग्रह छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया