लच्याङका स्थानियको नाममा लालपुर्जा गराइदिन अर्थमन्त्रि महतको ध्यानाकर्षण

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले गुठिको नाममा रहेको लालपुर्जा व्यक्ति नाममा गराइदिन अर्थमन्त्रि डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
बुधवार सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले र नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका उप–सभापति कालू तामाङ, सचीव बासु लम्साल लगाएतले अर्थमन्त्रि डा. प्रकाशशरण महतलाई भेटी साबिक लच्याङ गाविस अन्तरगतका १,३,४,५,६,७,८ वडाहरुका सम्पुर्ण जग्गाहरु भैरबी गुठीको नाममा रहेकोले सो जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिहरुको नाममा उपलब्ध गराउनको लागि ध्यानाकर्षण गराएको हो ।
भैरबी गुठीको नाममा जग्गाको लालपुर्जा रहेकोले स्थानियहरु विभिन्न प्रकारका सेवा सुविधाहरुबाट बन्चित भएकोले आफुहरुले अर्थमन्त्रि महतको ध्यानाकर्षण गरेको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
उनले परापुर्व कालदेखी लच्याङका स्थानीयहरुले जग्गाको जोतखन र भोगचलन गर्दै आएपनि आफ्नो नाममा लालपुर्जा नहुँदा अनेक समस्या भोगिरहेको बताए । अध्यक्ष घलेले गुठी समस्या सामाधनको लागि यथासिघ्र प्रकृया अगाडी बढाई कार्यान्वयनको व्यवस्था मिलाउन अर्थमन्त्रिको ध्यानाकर्षण गरिएको बताए ।
भेटको क्रममा अर्थमन्त्रि महतले छिट्टै लच्याङवासीका समस्याको समाधान गरिदिने प्रतिवद्धता व्यक्त गरेको नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव वासु लम्सालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया