नुवाकोटमा भदौ २२ र २३ गते बागमती मिडिया सम्मेलन हुने

विदुर खबर २०८० साउन १६ गते २१:३५

नुवाकोट । नुवाकोटमा भदौ २२ र २३ गते बागमती मिडिया सम्मेलन हुने भएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मिडिया सम्मेलन आयोजना हुन लागेको हो । महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।

Advertisement

महासंघ प्रदेश अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले सदस्यता सुद्धिकरणका सन्दर्भमा स्थानीयस्तरमै पुगि जिल्लाको बस्तुस्थिती बुझ्ने र प्राप्त उजुरी र सिफारिसका बारेमा १५ दिन भित्र प्रतिबेदन पेश गर्न पदाधिकारीहरुको संयोजकत्वमा १० वटा कार्यदल समेत गठन गरेको छ ।

प्रतिक्रिया