मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ
विदुर खबर
२०८० साउन १२ गते १३:५४
नुवाकोट । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।
जबरजस्ती करणीको आरोप लागेका उनलाई शुक्रबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेको प्रहरीले जनाएको छ । उनले आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् ।
गत असार ३१ गते टिकटकमा उनले दुईवटा भिडियो पोस्ट गरेकी थिइन् । रामेछाप घर भई हाल काठमाडौँ बस्दै आएकी २३ वर्षकी उनले आफूलाई पोखरेलले दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।
आफू पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध मुद्दा दर्ता गराएका थिए र सो मुद्दामा उच्च अदालत पाटनले पोखरेललाई नपक्रिन प्रहरीको नाममा निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया