बञ्चरेडाँडामा फोहोर फाल्न सुरू
नुवाकोट । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ ।
शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।
‘स्थानीयको भीडलाई प्रहरीले हटाएपछि रोकिएका गाडीहरु बञ्चरेडाँडा पुगेका छन्,’ फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले बताए ।
घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए ।
‘म फिल्डमा थिइन । तर, प्रहरीले स्थानीयलाई धरपकड गरेर फोहोर लगेको भन्ने गुनासो आइरहेको छ,’ बजगाईंले भने ।
स्थानीय सुमित्रा घिमिरेका अनुसार प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगेको बताइन् ।
‘विरोध गर्न आउने पुरुषहरुलाई पक्राउ गरेर मुद्दा चलाउने धम्की प्रहरीले दिएपछि उनीहरू पछि हटे, महिलाहरुले मात्रै रोक्न सकेनौं ’ घिमिरेले भनिन् । राज्यले सधैं बञ्चरेडाँडा र सिसडोलीबासीलाई दमन गरिरहेको भन्दै उनले आक्रोश पोखिन् ।
स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् ।
बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया