समाजसेवी घिमिरेले ८० वर्षिय बृद्धलाई ह्वीलचियर उपलब्ध गराए
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ का समाजसेवी सुदिप घिमिरेले बेलकोटगढी नगरपालिका वडा नम्बर ८ पार्बतीचौरका ८० बर्षिय हरिबहादुर अधिकारीलाई व्यक्तिगत खर्चमा ह्वीलचियर उपलब्ध गराएका छन् ।
सुलभ फार्मेसी बट्टारको पहलमा प्यारालाईसिस भएका अधिकारीलाई घरमै पुगेर समाजसेवी घिमिरेले ह्वीलचियर वितरण गरेका हुन् ।
शरिरीकरुपमै अशक्त अधिकारीलाई हिडडुल गर्न सहजताका लागि एक थान ह्वीलचियर उपलब्ध गराएको घिमिरेले बताए । विगत ५ वर्षदेखि प्यारालाईसिस भएका अधिकारीलाई दैनिक कार्यहरु गर्न समेत असहज भएको र आर्थिक अवस्था समेत नाजुक रहेकोले उनको घरमै पुगेर ह्वीलचियर वितरण गरेको समाजसेवी घिमिरेले विदुर खबरलाई बताए ।
ह्वीलचियर पाएपछि अधिकारीले आफूहरुलाई खुट्टानै दिएको भन्दै अव टाढाटाढा जान आउन साथै क्षमताले भ्याएसम्मका दैनिक क्रियाकलाप गर्न सकिने बताए । उनले ह्वीलचियर नै आफूहरुको खुट्टा भएको भन्दै सहयोगीलाई धन्यवाद दिए । प्यारालाइसिस भएका कारण एउटै कोठामा बसेर जीवन जिउन बाध्य भएका अधिकारी वृद्धाश्रममा पहिलो खाटमै बसेर दिनरात काट्न बाध्य बाध्य थिए ।
यसअघि घिमिरेले विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुको साथै कोरोना महामारीको समयमा निशुल्क अक्सिजन वितरणको अभियान चलाएका थिए ।
उनले आगामी दिनहरुमा पनि असहाय, गरिव र दिन दुखीको लागि सहयोग गर्ने बताएका छन् ।
सम्बन्धित समाचार
घिमिरेको सहयोगमा निशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया