नेपालले आज भारतसंग खेल्दै

नुवाकोट भदौ २९, भारतको लखनउमा जारी चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू-१९ टोलीले आज (शुक्रबार) भारतको यू-१९ (ए) टिमसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालर भारतको यू-१९ टोलीबीचको खेल नेपाली समय अनुसार बिहान ९:१५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भारतको ‘ए’ टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ ।
पहिलो खेलमा नेपाल भारतको यू-१९ को ‘बि’ टिमसंग ४० रनले पराजित भएको थियो । भारतको ‘ए’ टिमले भने अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।
भारतविरुद्ध दोस्रो खेल लिएर मैदान उत्रदा नेपाल युथ एसिया कपको जितलाई निरन्तरता दिने प्रयासमा हुनेछ । नेपालले गत बर्षको नोभेम्बरमा भएको युथ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो । तर, त्यसबेला नेपाली टोलीमा रहेका अधिकांस खेलाडी अहिले सिनियर टोलीबाट खेलिरहेका छन् । भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया