जब्बरे चौरलाई रङ्गशाला बनाउने गाउँपालिका अध्यक्ष अधिकारीको घोषणा
विदुर खबर
२०८० वैशाख ७ गते ९:१९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले तारकेश्वर गाउँपालिका वडा नम्बर १ दाङसिङमा रहेको जब्बरे चौरलाई खेलकुद रङ्गशाला बनाउने घोषणा गरेका छन् ।
नयाँ वर्षको अवसरमा सिर्जनशील समाज सुधार युवा क्लबद्वारा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष अधिकारीले आगामी वर्षको बजेटमा रङ्गशाला निर्माणको कार्यक्रम समेटिने बताए ।
उनले कलाकार र खेलाडी देशका गहना रहेको भन्दै खेलाडीहरुलाई ऊर्जा र उत्साह दिनको लागि आफू हरदम प्रयत्नशील रहेको समेत उल्लेख गरे ।
उनले फुटवल प्रतियोगितामा पुरुष र महिला तर्फ प्रथम हुने टोलीलाई प्रोत्साहन स्वरूप १५÷१५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ८÷८ हजार रुपैयाँ र आयोजक क्लबलाई २४ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
प्रतियोगितामा नुवाकोट र धादिङका ३० भन्दा बढी टिम सहभागी थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया