नुवाकोटमा इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिता हुने
विदुर खबर
२०७९ माघ २५ गते २१:२०

नुवाकोट । नुवाकोटमा इन्टर कलेज टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नुवाकोट क्रिकेट संघको आयोजनामा इन्टर कलेज टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको नुवाकोट क्रिकेट संघले जनाएको छ ।
आगामी फागुन दोस्रो सातादेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको नुवाकोट क्रिकेट संघका कोषाध्यक्ष विराटमानसिंह डंगोलले जानकारी दिए । उनले प्रतियोगिताको लागि टिम दर्ता लगायतको तयारी भरर्खर शुरु गरिएकोले कति कलेजको सहभागिता रहन्छ भन्नेबारे प्रष्ट नभएको बताए ।
तर जिल्लामा पछिल्लो समय क्रिकेट खेलप्रति चासो बढेपनि प्रतियोगिता नहुँदा खेलाडी निराश बनिरहेका बेलका इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएपछि खेलाडीहरु खुशी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया