प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गरे । कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको उनको दावी छ ।
यो गठबन्धन अवसर केन्द्रित हो, यसको आयु छोटो छ : कांग्रेस प्रवक्ता महत
विदुर खबर
२०७९ पुष २० गते १९:५८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए ।
‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा हुन्न भन्ने, संघीयता चाहिन्छ चाहिन्छ भन्ने र चाहिँदै चाहिँदैन भन्ने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ’ उनले भने ।
गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । ‘यस्तो विरोधाभासपूर्ण अवस्था छ, त्यो बोझबाट नै यो गठबन्धन आयु छोटिन सक्ने प्रशस्त सम्भावना छ ।’
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया