त्रिशूली जलविद्युतको बाँकी रकम नबुझाए सेयर जफत गरिने

विदुर खबर २०७९ मंसिर १८ गते २०:५४

नुवाकोट । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम भुक्तानी गर्न समयावधि थपेको छ।

Advertisement

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज एक सूचना प्काशित गरी अब सेयरका लागि अग्रिम भुक्तानी गरेका साबिका सेयरधनीले आज मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म बाँकी रकम जम्मा गर्न सक्ने जानकारी गराएको हो। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत यो कम्पनीले २०७५ चैत ७ गते आईपीओ बिक्री खुलाएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो।  कम्पनीले अंकित मूल्यको १० प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम रकम उठाएको थियो। कम्पनीले अग्रिम भुक्तानी गरेका सेयरधनीलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न भनेको थियो।

Advertisement

उक्त समयमा आवेदन नदिएका सेयरधनीले भने अब मंसिर १८ देखि फागुन १७ गतेसम्म रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८% का दरले लाग्ने प्रतिसेयर ब्याज दर रकम १.७४ पैसा थप गरी ८८.७४ रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिनेछ।

Advertisement

यो थप समावधिमा पनि रकम नबुझाउने साबिकका सेयरधनीको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको सेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीको नाममा रहेको बाँकी सेयर जफत गरिने सूचनामा प्रस्ट रुपमा उल्लेख गरिएको छ।

प्रतिक्रिया