निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा मेयर श्रेष्ठसंग स्प्रष्टिकरण माग
नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई निर्वाचन आचारसंहिता अनुगमन जिल्ला समितिले आचारसंहिता उलंघन गरेको घटनामा स्प्रष्टिकरण सोधेको छ ।
बिहीवार सडक निर्माणको सुरुवात गरेको भन्दै फेसबुकमा विदुर नगरपालिकाको फेसबुक पेज र उनको निजी पेजबाट प्रचार गरेपछि उनीलाई कारबाही किन नगर्ने भनेर स्प्रष्टिकरण सोधेको हो ।
अनुगमन समितिका संयोजक रामकृष्ण पुडासैनीका अनुसार मौखिम रुपमा परेको उजुरीको आधारमा मौखिक स्प्रष्टिकरण सोधिएको हो । तर उनको विषयमा शुक्रवार समेत जिल्ला निर्वाचन कार्यालयमा लिखित उजुरी परेको बताइएको छ ।
निर्वाचन आचारसंहित उलंघन गर्दै मतदातालाई प्रभावित पार्ने गरी योजनाहरूको उद्घाटन र शिलान्यास गर्न नहुनेमा मेयर राजन श्रेष्ठले बान्द्रे–बोगटीगाउँ–डाँडागाउँ सडकको स्तरोन्नती गरेका छन् । औपचारिक कार्यक्रम गरेर बिहीवार उनले थालेको उक्त कामलाई सामाजिक सञ्जालमा समेत राखेका थिए ।

मेयर श्रेष्ठको फेसबुक र विदुर नगरपालिकाका पेजबाट हटाइएको फोटो ।
तर उजुरी परेपछि भने नगरपालिको पेज र उनको पेजबाट पोष्ट हटाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया