‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनै दिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महसुस हुन्छ । दक्षिण पश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ’ उनले भने ।
नुवाकोटसहित देशभर चिसो बढ्यो
नुवाकोट । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए ।
पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने बताए ।
‘यो गर्मी सकिएको र जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि गतहप्ता देखि नै देशभरिको तापक्रम घट्दै गएको छ’ उनले भने, ‘आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो ।’
यो महिनामा पानी पर्ने मौसमी प्रणाली भने नरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए । मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले विस्तारै जाडो बढ्दै जानु स्वभाविक भएको पनि उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया