धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु
विदुर खबर
२०७९ असोज ६ गते १७:३२
नुवाकोट । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए ।
गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको इकान्तिपुरलाई जानकारी दिइन् । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको उनले बताइन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।
स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरेको पनि उपाध्यक्ष बिसुरालले बताइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया