विदुर खानेपानीको अधिवेशनमा नेपाल र खड्काको स्वतन्त्र उम्मेद्धवारी

विदुर खबर २०७९ भदौ १८ गते १७:१०

नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको आठौ अधिवेशनका लागि दुई युवाहरुले दलिय सिन्डीकेट तोड्दै स्वतन्त्र उम्मेद्धवारी दिएका छन् ।

Advertisement

दलिय सिन्डीकेटविरुद्ध बट्टारका मुरारी नेपालले उपाध्यक्षमा र माझीटारका विमल खड्काले सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका हुन् ।

उनीहरुले दलहरुको सिन्डीकेटको अन्त्य गर्न, खानेपानी उपभोक्ता समितिलाई राजनितिक मुक्त बनाउन, विदुर खानेपानी उपभोक्ता समितिले वितरण गरेको पानी पिउन योग्य बनाउन र समितिभित्र रहेको भष्ट्राचार अन्त्य गर्न आफुहरुले स्वतन्त्र उम्मद्धेवारी दिएको बताएका छन् ।

Advertisement

उपाध्यक्षमा उम्मेद्धवारी दिएका नेपालले समग्र विदुरमा स्वच्छ र स्वास्थ्यकर पानी पिउनयोग्य बनाउन आफुले उम्मेद्धवारी दिएको बताए ।

उनले दलहरुको राजनितिक अखडाको रुपमा खानेपानी उपभोत्ता समिति परिचिति रहेकोले त्यसको जालो तोड्न आफु मैदानमा उत्रिएको बताए ।

Advertisement

उनले आफुलाई उपभोक्ताले भारी मतले विजय गराउने समेत विश्वास व्यक्त गरेका छन् ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको आठौ अधिवेशनले सोमवार हुँदैछ ।

प्रतिक्रिया