नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ वहादुरसिंह लामाको नाम पहिलो नम्बरमा सिफारिस

विदुर खबर २०७९ भदौ १७ गते १८:३८

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ पहिलो नम्बरमा बहादुरसिंह लामाको नजाम सिफारिस गरेको छ ।

Advertisement

केही वेरअघि सम्पन्न नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय समितिले प्रतिनिधिसभाको निर्वाचनको लागि लामाको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो ।

लामासँगै प्रत्यक्षतर्फ राज्य लक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाङको नाम समेत सिफारिस गरिएको नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का प्रवत्ता विजय गुरुङले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

यस्तै समानुपातिकतर्फ अर्जुननरसिंह केसी, धुव्र अधिकारी र रुकमणी सेढाईको नाम सिफारिस गरिएको नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का सभापति जगतवहादुर तामाङले जानकारी दिए ।

बैठकले सर्वसहमत रुपमा वहादुरसिंह लामलाई प्रत्यक्षतर्फको र केसीलार्य समानुपातिक तर्फको उम्मेद्धवार बनाउने निर्णय गरेको हो ।

Advertisement

प्रतिक्रिया