नुवाकोट क्षेत्र नम्बर १ मा महत कि तामाङ ?

नुवाकोट । गत आइतबार कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नुवाकोट– १ का सांसद तथा माओवादी केन्द्रका नेता हितवहादुर तामाङलाई टेलिफोन गरे ।
‘हितवहादुर जी कता हुनुहुन्छ ? तपाईको समय मिल्छ भने आज हामी दुई जना भेटौ न !’ तामाङसँग भेटको प्रस्ताव राख्दै महतले टेलिफोनमै भने । सत्ता गबठन्धनमै रहेका र आफ्नै निर्वाचन क्षेत्रमा ‘दागा’ लगाउन कोसिस गरिरहेकामहतको भेटने प्रस्तावलाई तामाङले पनि सहज स्वीकारे ।
त्यसपछि दुई नेताका वीच भेटवार्ता भयो । डा प्रकाशशरण महत काठमाडौं ५ छोडेर नुवाकोट १ मा आगामी चुनाव लड्न जाने सूरमा छन् । उनले त्यसका लागि पार्टी सभापति शेरवहादुर देउवा देखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्मलाई भेटेर आफनो लागि नुवाकोटका क्षेत्र नम्बर १ मा टिकट दिलाईदिन र सहयोग गरिदिन अपिल गरिरहेका थिए । त्यही क्रममा उनले माओवादीका फेरि पनि नुवाकोट १ मा टिकटका प्रत्याशी रहेका तामाङसँग पनि भेटेरै सहयोग अपिल गर्न भेटने प्रस्ताव गरेका थिए ।
त्यसपछि भेट भएका दुई नेताका वीचमा एकले अर्काेलाई दावी छोडन आग्रह गरे । ‘दाई (रामशरण महत)ले चुनाव लड्दै आईरहनु भएको निर्वाचन क्षेत्र, यसपटक म आफु जान पाए हुन्थ्यो भन्ने मेरो प्रस्ताव छ । विगतमा दाईकै कारण नुवाकोटमा गएर मैले चुनाव लड्न पाइन ।
एकपटक आफ्नै गृहजिल्ला किन चुनाव लड्न नजाने ? त्यहाँ गएर किन चुनाव नजित्ने भन्ने अहिले मलाई परेको छ, तपाई एकपटक सांसद जितिहाल्नुभयो, अहिले पनि तपाईको अन्य सम्भावनाहरु पनि छन्, यो पटक मिलिजुली जाऔं, मलाई यसपटक तपाईले सहयोग गर्नुपरयो,’ तामाङसँग महतले प्रस्ताव गरे ।
तामाङले महतको त्यस्तो प्रस्ताव स्वीकारेनन् । उनले भने, –‘नुवाकोट- १ छोडने कुरा सम्भावना नै छैन । यो क्षेत्र नुवाकोटमा माओवादीको सवैभन्दा बलियो क्षेत्र हो । अर्काे म त्यहाँबाट निर्वाचित वाहालवाला सांसद छु । मैले कथंकदाचित छोडिहालेपनि पार्टीभित्रै विद्रोह हुन्छ । त्यसकारण तपाईले यो क्षेत्रको जिद्धि छोड्नुस् । मलाई सहयोग गर्नुस् ।’
दुई नेतावीच झण्डै एक घण्टा लामो सम्वाद हुँदा प्रकाशशरणले तामाङलाई मनाउन सकेनन ।
तामाङले मान्दैनन् भन्ने डा महतलाई पहिल्यै थाहा थियो । तैपनि औपचाकिरताको लागि प्रयास गर्न उनले तामाङलाई टेलिफोन गरेर भेट गरेका थिए ।
तामाङसाग भेटनु अगाडी नै महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले खुमलटार निवासमै पुगेर भेट गरेका थिए । ‘नुवाकोटमा हितवहादुर जी लाई मनाईदिनु परयो, यसपटक नुवाकोट १ मेरालागि छोडिदिनुपरयो,’ प्रचण्डसँग डा महतले प्रस्ताव राखेका थिए । तर प्रचण्डले पनि त्यो क्षेत्र माओवादीले छोड्न नसक्ने संकेत गरेर महतलाई फर्काइदिए ।
‘नुवाकोट १ माओवादीको बलियो दावी भएको क्षेत्र हो । एउटा त्यहाँ माओवादी संगठन आफैमा बलियो छ, दोस्रो गत चुनावमा माओवादीकै त्यहाँ निर्वाचित सांसद हुनुहुन्छ,’ महतसँग प्रचण्डको जवाफ थियो,–‘नुवाकोटमा कांग्रेस-माओवादी फिप्टी फिप्टी सिट बाँडफाँट गर्ने कुरा गर्नुपर्छ होला, त्यसो हुँदा १ माओवादीकै तिर गर्नु राम्रो होला,’ प्रचण्डले महतलाई जवाफ फर्काउँदै भनेका थिए,–‘यो विषयमा अझ मैले यहाँबाट भन्नु भन्दा पनि जिल्ला तहमै जिल्ला पार्टीसँगै कुरा गर्नु उपयुक्त होला । तपाईहरु जिल्लाबाटै मिलेर आउँदा राम्रो होला । त्यसो भएमा छलफल गरौंला ।’
प्रचण्डबाट पनि सकारात्मक आश नदेखेपछि अहिले उनी पार्टी सभापति शेरवहादुर देउवामार्फत माओवादीमाथी दवाव बढाउने अभियानमा लागेका छन् । नुवाकोटका माओवादीले पनि पार्टी अध्यक्षमाथी कांग्रेसबाट पर्न सक्ने दवाव देखेरै आफनो वलियो दावी नछोडन र जिल्लाको पार्टीगत अवस्था जानकारी गराउन मंगलबार विहान प्रचण्ड निवास खुमलटार पुगेर अवगत गराएका छन् ।
प्रचण्डसँगको छलफलमा सहभागी नुवाकोट माओवादीका एक नेताले मेरोन्यूजसँग भने,–‘नुवाकोटमा ०७४ मा माओवादीले जितेको क्षेत्र माओवादीले नै लिने र एमालेले जितेको क्षेत्रमा कांग्रेसलाई दिने गरी सिट बाँडफाँट गर्नु राम्रो होला भन्ने प्रस्ताव सहित हामीले अध्यक्षलाई जानकारी गराएका छौं ।’
प्रचण्डलाई भेटन सांसद तामाङ, जिल्ला इन्चार्ज बिमला सुवेदी, जिल्ला संयोजक पुष्प लामिछाने, बागमति प्रदेशका उपसभामुख समेत रहेकी नेतृ राधिका तामाङ , प्रदेश सांसद हिरानाथ खतिवडा लगायतका नेताहरु खुमलटार पुगेका थिए ।
त्यहाँ उनीहरुले जिल्लाको गत स्थानीय तहको निर्वाचनको मत परिणामसहितको वस्तुस्थिती प्रचण्डलाई सुनाएका थिए ।
त्यसपछि प्रचण्डले पनि बागमति प्रदेशभरीमै एक्लै लड्दा पनि जितका लागि सवैभन्दा सुरक्षित जस्तो निर्वाचन क्षेत्र नुवाकोट १ भएकोले त्यो अहिले पार्टीले छोडन नसक्ने र त्यसमा ढुक्क भएर जान पार्टी नेताहरुलाई आग्रह गरेर विदा गरेको छलफलमा सहभागी ती नेताले बताए ।
नुवाकोट १ मा के छ अवस्था ?
२०७४ मा बाम गठबन्धन गर्दा नुवाकोटको दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सवैमा वाम गठबन्धनका उम्मेदवारहरुले निर्वाचन जितेका थिए ।
संघतर्फ १ मा माओवादीका तामाङ र २ मा एमालेका नारायण खतिवडाले चुनाव जितेका थिए ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश तर्फ (क) मा एमालेका केशव पाण्डे र (ख) मा माओवादी तर्फका हिरानाथ खतिवडाले चुनाव जितेका थिए ।
यता क्षेत्र नम्बर १ को प्रदेश सभातर्फ (क) मा माओवादीकी राधिका तामाङ र (ख) मा एमालेका जिल्ला अध्धयक्ष वद्री मैनालीले चुनाव जितेका थिए । नुवाकोट १ कांग्रेसका डा रामशरण महत चुनाव लड्दै आएको निर्वाचन क्षेत्र हो । अहिले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दाईलाई थामथुम पारेर चुनाव लड्न जाने योजना बनाएका हुन् ।
तर उनलाई परिस्थितीले टिकट दिने सम्भावना कम देखिएको छ ।
नुवाकोट १ मा ७ स्थानीय तह छन् । जसमध्ये कांग्रेसले ४ वटा पालिका अध्यक्ष र २ वटा उपाध्यक्ष जितेको छ । माओवादीले ३ वटा पालिका अध्यक्ष र ५ वटा उपाध्यक्ष जितेको छ । स्थानीय तह चुनावमा कांग्रेस, माओवादी, एमाले नुवाकोटमा एक्लाएक्लै प्रतिस्पर्धामा थिए ।
क्षेत्र नम्बर १ का ४५ वडा मध्येमा कांग्रेस र माओवादीले त्यहाँ बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी ९ वटा वडामा एमालेले जितेको छ । नुवाकोट १ को क प्रदेश सभामा त अझ २३ वडा मध्ये १३ वटा वडामा माओवादी, ६ वटामा कांग्रेस र ४ वटा वडामा एमालेले जितेको छ । जनमत बढी रहेको ककनी, पन्चकन्या, शिवपुरी लगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ ।
यस हिसावले पनि कांग्रेस र माओवादी एक्लाएक्लै लड्दा पनि यो क्षेत्रमा प्रतिस्पर्धी पार्टी हुन् । जसकाकारण पनि माओवादीले नुवाकोट १ नछोडने गरी दरिलो अडान बनाएपछि कांग्रेसका प्रवक्ता निर्वाचन क्षेत्र नै नपाएर हैरानीमा परेका छन् ।
जिल्लाकै क्षेत्र नम्बर २ मा जाऔं कांग्रेसका नेता अर्जुननरसिंह केसी देखि आफ्नै गुटका बहादुर सिंह तामाङसम्म आकांक्षी छन् । आफ्नै दाई चुनाव लड्दै आएको क्षेत्रमा चुनाव लडौं, माओवादीले छोडने नदेखेपछि कांग्रेस प्रवक्ता काठमाडौं ५ नै फर्किने या के गर्ने भन्ने दोधारमा देखिएका छन् ।
मेरो न्युजबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया