देविघाटका एक बृद्ध खोलामा हामफालेर बेपत्ता
विदुर खबर
२०७९ भदौ ८ गते २१:२३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ का एक बृद्ध खोलामा हाम फालेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ देविघाट बजारमा बस्ने ६७ वर्षका टिकाप्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मंगलवार राती १० बजेतिर घरमा कसैलाई जानकारी नदिई घरबाट निस्किएका उनको खोजतलास गर्ने क्रममा आज (बुधवार) विहान ९ बजे उनको लुगा देविघाटको मन्दिर छेउमा भेटिएको नुवाकोटका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार जालपा मन्दिरमा रहेको सिसिटिभी क्यामेरा चेक गर्दा अधिकारीले नदिमा त्रिशुली नदिमा हामफालेको देखिएको थियो ।
अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया