देविघाटका एक बृद्ध खोलामा हामफालेर बेपत्ता
विदुर खबर
२०७९ भदौ ८ गते २१:२३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ का एक बृद्ध खोलामा हाम फालेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ देविघाट बजारमा बस्ने ६७ वर्षका टिकाप्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मंगलवार राती १० बजेतिर घरमा कसैलाई जानकारी नदिई घरबाट निस्किएका उनको खोजतलास गर्ने क्रममा आज (बुधवार) विहान ९ बजे उनको लुगा देविघाटको मन्दिर छेउमा भेटिएको नुवाकोटका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार जालपा मन्दिरमा रहेको सिसिटिभी क्यामेरा चेक गर्दा अधिकारीले नदिमा त्रिशुली नदिमा हामफालेको देखिएको थियो ।
अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया