विदुर खानेपानीको पाइप बेच्नेलाई कारवाही भएन
नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पाइपलाई कवाडीमा बिक्री गर्नेलाई कारवाहीको माग गरेको छ ।
तेस्रो साना शहरी खानेपानी योजनाका ठेकेदार कम्पनी कालिकारतुन्डी जेभीले पाइप लगायतका सामग्रीहरू कवाडीमा बिक्री गरेको भए पनि कोही कसैलाई कारवाही भएको छैन । कवाडीमा सामग्री बिक्री गर्नेलाई पक्राउ गरेर कानूनी कारवाहीको लागि संस्थाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललाई पत्र दिएपनि कारवाही अघि बढ्न सकेको छैन ।
तेस्रो साना शहरी खानेपानी आयोजनाको काम सकेर ठेकेदार कम्पनी फर्कने क्रममा रहेको छ । कम्पनीले स्टोरमा भएका सामग्रीहरू संस्थालाई बुझाउने सहमति विपरित ठेकेदार कम्पनीका लेखापाल सन्तोष लामिछानेले साउन २७ गते ढुंगेका एक कवाडी संकलकलाई बिक्री गरेका थिए ।
लामिछानेले एक लाख तीन सय ७५ रूपैयाँमा एक हजार आठ सय २५ किलो किटपाइप तथा पोलिथिन पाइप बिक्री गरेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिए। उक्त सामग्री बिक्री गरेको थाहा पाएपछि
प्रहरीलाई खबर गरेको बिक्री गरेको सामग्र फिर्ता ल्याएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिए पनि सोही दिन। छाडिदिएको संस्थाले जनाएको छ । ठेकेदार कम्पनीले गोदाममा भएको बाँकी सामग्री सबै संस्थालाई बुझाउने सहमति विपरित पाइप बिक्री गरेको संस्थाले जनाएको छ ।
ठेकेदार कम्पनीले धेरै सामग्रीहरू क्रमशः गरेर संस्थालाई बुझाइसकेको छ। तर, पाइपहरू ठूलो साइजको भएको र त्यसलाई लोड गर्नको लागि डोजर आवश्यक पर्ने भएकोले ल्याउन ढिलाई भएको थियो । सोही पाइप नै लेखापाल लामिछानेले कवाडीलाई बिक्री गरेका थिए। तर, संस्थाले कुरा उठाएपछि उनले संस्थाकै गोदाममा ल्याएर राखिदिएका छन्। ।
चोरी गरेर बेचेको सामान फिर्ता ल्याउँदैमा छुट पाइने कानूनी व्यवस्था नभएपनि अहिलेसम्म घटनाको छानविन गरी कारवाही गर्न प्रहरी प्रशासन उदासिन देखिएको छ ।
प्रमुख जिल्ला अधिकारीले संस्थाको मागलाई जिल्ला प्रहरी कार्यालयमा पठाउँदै कारवाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन । तर, प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन चासो नदिएको संस्थाले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया