नुवाकोटको बेलकोटगढीका गुरुङ भरुवा बन्दुरकसहित पक्राउ
विदुर खबर
२०७९ भदौ ६ गते १८:५८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बानियाँगथाउँ आँपबोटेका ४० वर्षिय सन्तवहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई गत सोमवार भरुवा बन्दुकसहित झिल्टुङबाट पक्राउ गरिएको हो । प्रहरी चौकी झिल्टुङबाट गस्तीमा आउने क्रममा प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपित गुरुङलाई जिल्ला अदालत नुवाकोटले सात दिन थुनामा राख्न म्याद दिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया