नुवाकोटका प्रहरी प्रमुखलाई नुवाकोट उद्योग वाणिज्य संघको स्वागत

विदुर खबर २०७९ भदौ ३ गते २१:२६

नुवाकोट । नुवाकोटमा प्रहरी प्रमुखको रुपमा आएका दुई सुरक्षा निकायका प्रमुखलाई नुवाकोट उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

Advertisement

शुक्रवार नुवाकोट उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि नुवाकोटको प्रहरी प्रमुखको रुपमा नुवाकोट आएका प्रहरी उपरिक्षक रमेश पण्डित र सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक उत्तम पुडासैनीको स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै नुवाकोटका प्रहरी प्रमुख पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु पुर्ण रुपमा प्रतिवद्ध रहेको बताए । उनले जिल्लामा कानुन विपरित भएका कुनैपनि कामलाई प्रश्रय नदिने समेत प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जिल्लाका सुरक्षा निकायसँग आफुहरु सधै सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया