दियो पाठशालाको बिल ‘फोनपे’ र ‘ई-सेवा’बाट तिर्न सकिने

नुवाकोट । विदुर नगरपालिका विदुरमा रहेको दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी फोनपे र ई-सेवाबाट गर्न सकिने भएको छ।
अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब अभिभावकले घरबाटै आफ्ना नानीबाबुहरूको स्कुलको शुल्क भुक्तान गर्न सक्नेछन् । क्यासलेस कारोबारको लागि अनलाइन भुक्तानीको सेवा सुरू गरिएको विद्यालयका प्रिन्सिपल पम्फा श्रेष्ठले बताईन् ।
अनलाइन भुक्तानीको सेवा सुरू भएसँगै अब मन्टेश्वरीका विद्यार्थीका अविभावकले आफ्नै मोबाईल तथा नजिकको ई-सेवा जोन तथा पोइन्टबाट शुल्क भुक्तानी गर्न सक्नेछन् ।
साथै फोनपेमा आबद्ध रहेका २४ वाणिज्य बैंक, १४ विकास बैंक, ११ बित्तिय संस्था, ६ सहकारी, सेलपे, आईएमई पे, प्रभु पे लगायतका मोबाईल एपबाट पनि मन्टेश्वरीको फोनपे कोड स्क्यान गरी बिल भुक्तानी गर्न सकिनेछ ।
यस अघि मन्टेश्वरीले डिजिटल वालेट “खल्ती” सँग सहकार्यमा बिल भुक्तानीलाई डिजीटल गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया