गोसाइँकुण्ड मेला सुरु, १५ हजारले मेला भर्ने अनुमान
नुवाकोट । आजदेखि जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ ।
कोरोनाका कारण दुई वर्षसम्म हुन नसकेको मेला यो वर्ष भने सुरु भएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।
यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङ सहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताए। मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताए । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ ।
काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाण्डौबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । त्यसपछि काठमाण्डौ–सुन्दरीजल(हेलम्बु–ठाडेपाटी बाटो आउँछ ।
धेरै कम यात्रुहरूले गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । गोसाइँबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात त्रिशूलधाराको उत्पति भइ त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । रसुवाको पर्यटकीय तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













यू–१४ फुटबल प्रतियोगिताको उपाधी अर्किडले उचाल्यो
जेन-जी आन्दोलनको सवा ८० अर्ब रुपैयाँको भौतिक क्षति
बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
थापा र शर्माद्वारा देउवाको प्रस्ताव अस्वीकार
फेरि ‘वाकयुद्ध’मै उत्रिए ओली दाहाल





प्रतिक्रिया