खोटाङमा भूकम्पले ४७ घरमा क्षति पुग्यो
नुवाकोट । आईतवार विहान खोटाङ साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पले खोटाङमा एक घर भत्किएको छ भने ४६ घरमा क्षति पुगेको छ ।
मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ ।
मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । ‘भूकम्पको केन्द्र मात्तिमविर्तामा मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण संकलन भएको छ । उनले भने, ‘अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ। अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुन सकेको छैन ।
सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ ।
सो नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नम्बर ९ सल्लेका धुव्र पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।् ।
भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया