बट्टारमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न

नुवाकोट । बट्टारमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
लियो क्लब अफ नुवाकोट क्यापिटलको आयोजना तथा दृष्टि आँखा केन्द्र बट्टारको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय जनाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
आँखा परिक्षण गर्दा सामान्य समस्या देखिएकाहरुलाई औषधी वितरण समेत गरिएको लियो क्लब अफ नुवाकोट क्यापिटलकी अध्यक्ष निरु श्रेष्ठले जानकारी दिइन् ।
उनले जिल्लामा धेरै ठूलो संख्यामा आँखाको समस्या भएका बिरामी रहेकाले निशुल्क आँखा शिबिरको आयोजना गरेको बताइन् ।
यस्तै दृष्टि आँखा केन्द्र बट्टारका डा : राजेश कुमार चौरासियाले आँखा परिक्षण गरिएकामध्ये केहीमा सामान्य र केहीमा गम्भीर किसिमको रोग भेटिएको बताए ।
उनले संस्थाको सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको बताए ।
लियो क्लब अफ नुवाकोट क्यापिटल र दृष्टि आँखा केन्द्र बट्टारले नुवाकोटको विभिन्न स्थानहरुमा पुगेर स्वास्थ्य परिक्षण तथा निशुल्क आँखा जाँच र चुस्मा वितरण समेत गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया