नुवाकोटका कांग्रेस नेता पाण्डेलाई छुटाउन दवाब
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका नेता (नुवाकोट क्षेत्र नम्बर २ प्रदेश ‘क’को प्रवक्ता) मधुसुदन पाण्डेलाई बलात्कार मुद्दामा उन्मुक्ति दिलाउन कांग्रेस नुवाकोटका नेताहरूको एउटा टोली पोखरमा खटिएको छ ।
समूहिक बलात्कारमा सहभागी भएका पाण्डे असार २५ गते काठमाडाैँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका थिए । पाण्डे सोही क्लबका सञ्चालक पनि हुन ।
पाण्डे पक्राउ परे लगत्तै कांग्रेसका केही नेताहरू उनकै पछि लागेर पोखरा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीतिर देखिने नुवाकोट कांग्रेसका नेताहरू खासै हँसिलो मुहारमा भने देखिएका छैनन् ।
नुवाकोट कांग्रेसको एउटा समूहको खर्चपर्चको एउटा मुख्य स्रोत रहेका पाण्डे अब करिब एक दशकका लागि जेल जानेभएपछि उनीहरू निराश हुनु स्वभाविकै पनि हो । तर उनीहरूले प्रधानमन्त्रीको सचिवालयदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसम्मको प्रयोग गरे जिल्ला प्रहरी कार्यालय कास्कीलाई मुद्दा कमजोर बनाइदिन अनुनयविनय गरिरहेका छन ।
पोखरामै बसेर नेपाली कांग्रेस नुवाकोटको एउटा टोलीले मुद्दा कमजोर बनाउने विषयमा गृहकार्य चलाइरहेको छ । उक्त टोली दिउँसो केहीबेर फेवाताल किनारामा डुल्ने र बाँकी समय जिल्ला प्रहरी कार्यालय कास्कीको वरपर घुमेर केन्द्रको रिपोर्टङ गर्ने र जिल्ला प्रहरीको गतिबिधि केन्द्रीय नेतृत्वलाई रिपोर्टिङ गर्ने काममा व्यस्त रहेको छ ।
महानगरीय प्रहरी वृत कमलपोखरी (मालीगाउँ)ले पक्राउ गरेको भए पनि पाण्डे यतिखेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन । काठमाडाैँको कमलपोखरी (मालीगाउँ) बृतमा परेको बलात्कार सम्बन्धित जाहेरीका आधारमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको बृत्तका प्रमुख मीनबहादुर कुँवरले दैनिकीलाई जानकारी दिए । घटना कास्कीमा भएकाले उजुरी मालीगाउँमा परेको भए पनि अभियुक्त र उजुरी दुबै पठाइएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न भएका अन्य अन्यलाई फरार सूचीमा राखेर खोजी गरिरहेको छ । पाण्डे र राजु राउतसहितको समूहले टिकटमा चिनजान भएकी एक युवतीलाई चितवन बोलाए त्यहाँबाट पोखरा लगेर असार २२ गते राति पोखराको लेकसाइड होटल सहारामा युवतीमाथि बलात्कार गरेका थिए ।
युवतीले काठमाडौँ फर्किएपछि मालीगाउँ प्रहरीमा असार २४ गते उजुरी दिएपछि पाण्डे २५ गते नै पक्राउ परेका थिए । भने राउत अहिलेसम्म फरार रहेका छन ।
नुवाकोट जिल्लाका बेलकोटगढी १३ स्थायी घर भएका पाण्डे हस्तकला र पर्यटन क्षेत्रमा नाम चलेका व्यापारी हुन । उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अघिको प्रदेश अधिवेशनबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया