वैद्यलाई खेलकुद परिषदबाट उप निर्देशकको जिम्मेवारी
विदुर खबर
२०७९ साउन  ६ गते १४:३४
	
		
	
नुवाकोट । तेक्वान्दोको वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्य प्रविधि प्रयोग तथा अनुसन्धानको उप निर्देशकमा नियुक्त भएकी छन् ।
यस अघि संगीना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक रहँदै आएकी थिइन् । उनलाई शुक्रवार तालीम तथा प्रशिक्षक विभागका प्रमुख अर्जुन विकले जिम्मेवारीको पत्र हस्तान्तरण गरे । वैद्यले परिषद्ले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
संगीना नेपाली खेलकुदमा  खेलाडी र प्रशिक्षकको रूपमा उत्तिकै सफल विरल व्यक्तित्वको रूपमा परिचित छन् । तेक्वान्दोको एसियाली च्याम्पियन समेत रहेकी संगीना ओलम्पिक खेलकुदमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत हुन् ।
साथै उनले दुई पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । प्रशिक्षकको रूपमा १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दो टोलीले सानदार प्रदर्शन गर्दा उनी पनि प्रशिक्षण टोलीमा समावेश थिइन् ।
थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण दिएकी संगीनाको प्रशिक्षणमा नेपाल आर्मीले एक दशक भन्दा बढी घरेलु प्रतियोगितामा पकड जमाएको थियो ।
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया