त्रिशूली–३ ‘बी’ को दुई तिहाइ काम सकियो
नुवाकोट । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको काम ६४ प्रतिशत सकिएको छ ।
गत जेठसम्म भौतिक प्रगति ६४ दशमलव २९ प्रतिशत र वित्तीय प्रगति ५० दशमलव ४६ प्रतिशत भएको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए ।
कोरोना संक्रमणपछि आयोजनामा कार्यरत चिनियाँहरू नयाँ वर्ष मनाउन ०७६ माघ दोस्रो साता घर गएका थिए । उनीहरू काममा फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम हुन नसकेपछि करिब १५ महिना ठप्पप्रायः भएको थियो ।
आयोजनाको निर्माण ०७७ चैतबाट मात्र पुनः सुचारु भएकोमा कोरोनाका कारण तीन सातासम्म काम प्रभावित भएको थियो । त्यसका साथै मुख्य सुरुङमा अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण पनि निर्माण प्रभावित भएको थियो । आयोजना निर्माण असोज ०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको प्रबन्ध सञ्चालक गौतमले बताए । माथिल्लो त्रिशूली–३ ‘बी’ इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी लिमिटेडले हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो ।
अहिले इन्टेक, मुख्य सुरुङ, पेनस्टक, सर्जट्यांक, विद्युत्गृह र टेलरेसलगायत मुख्य संरचना निर्माण गरिरहेको छ । आयोजनाको ३७९२ मिटर सुरुङमध्ये ३२६८ मिटर सुरुङ निर्माण भइसकेको छ । आयोजनाको विद्युत्गृहसहित अधिकांश भाग किस्पाङ गाउँपालिका ५ मा निर्माणाधीन छ ।
३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण भइरहेको छ । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।
यो आयोजना नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यास्केड आयोजना हो । क्यास्केड आयोजना भएकाले ३ ‘ए’ जलविद्युत्बाट झरेको पानी सिधै सुरुङभित्र पुर्याइन्छ । ३ ‘बी’ ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउन पर्दैन । आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा र नुवाकोटका स्थानीय तहहरूको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । आयोजनामा नबिल बैंकको अगुवाइमा गठन भएको सहवित्तीयकरणमार्फत ऋण लगानी रहेको छ । प्रवर्द्धक कम्पनी र बैंकहरूबीच ०७५ भदौ ४ मा ऋण सम्झौता भएको हो । उत्पादन हुने विद्युत् खरिदबिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया