नेपाल ८ रनमै अलआउट
नुवाकोट । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपाली टिम ८ ओभर १ बलमा न्यून स्कोरमा समेटिएको हो ।
नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै उच्च स्कोर बन्न पुग्यो । नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् ।
खेलमा यूएईले ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ । ट्वान्टी-२० मा सबैभन्दा न्यून स्कोरमा अलआउट हुने रेकर्ड भने मालदिभ्सको नाममा रहेको छ ।
सन् २०१९ मा नेपालको पोखरामै भएको दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत बंगलादेशविरुद्धको खेलमा मालदिभ्स ६ रनमा अलआउट भएको थियो । नेपाली महिला टिमको भने यसअघिको न्यून स्कोर ५० रन थियो । सागअन्तर्गत नै पोखरामा भएको बंगलादेशविरुद्धको खेलमा नेपाली टिम ५० रनमा समेटिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया