मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विद्यार्थीको भौतिक उपस्थिति नगराउन निर्देशन
विदुर खबर
२०७९ वैशाख २२ गते १७:३६
नुवाकोट । स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ । केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।
त्यस अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले पत्रमा स्थानीय तहहरुलाई पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया