विदुरको १ र ४ वडामा गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना
नुवाकोट । नुवाकोटमा स्थानिय चुनावको सरगर्मी बढ्दै गएको छ । मनोनयन दर्तापछि दलहरु चुनावी प्रचारको लागि घरदैलो अभियानमा हिँड्न थालेका छन् ।

यसैक्रममा गठबन्धन दलले विदुर नगरपालिका वडा नम्बर १ र ४ मा सम्पर्क कार्यालय बुधवार स्थापना गरिएको छ । विदुर १ को ढुङगे र विदुर ४ को बट्टार हावाघरमा संयुक्त गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालयको विदुर नगपालिकाका मेयरका प्रत्यासी राजन श्रेष्ठ र उप—मेयरका प्रत्यासी प्रभा बोगटीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरपालिकाका मेयरका प्रत्यासी राजन श्रेष्ठले स्थानिय निर्वाचन आउँन दुई साता मात्रा बाँकी रहेकोले आफुहरु कुनैपनि हालतमा चुनाव जित्ने बताए । उनले गठबन्धन दलका साझा उम्मेद्धवारहरुलाई जिताउनु सबैको कर्तव्य भएको बताए ।
कार्यक्रममा विदुर नगरपालिकाको उप—मेयरका प्रत्यासी प्रभा बोगटीले निर्वाचनमा गठबनधनमा रहेका दलहरु एकतबद्ध भएर लाग्नुपर्ने बताए । उनले सबै दलहरु एकजुट भएर अघि बढ्ता प्रतिगामीहरुलाई परास्त गर्न सकिने बताए ।

नुवाकोटको विदुर नगरपालिकामा निर्वाचनको लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरेका छन् । यससँगै जिल्लामा राजनीतिक दलहरुले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
विदुर नगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा शंकर पाण्डे र विदुर ४ को वडाध्यक्षमा धुव्रलाल श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया