नुवाकोटको ९ स्थानिय तहमा वाम गठबन्धन हुने

विदुर खबर २०७९ वैशाख १२ गते ९:४६

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नुवाकोटको ९ स्थानिय तहमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठबन्धन हुने भएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रका ईन्चार्ज पुष्प लामिछाने र नेकपा समाजवादी पार्टीका जिल्ला अध्यक्ष गोविन्द नेपालीले जिल्लाको ९ स्थानिय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले बेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका, लिखु गाउँपालिका, पन्चकन्या गाउँपालिका र सुर्यगढी गाउँपालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

Advertisement

निर्णय अनुसार नेकपा माओवादीले प्रमुख वा अध्यक्ष पाएको स्थानमा समाजवादीले उपप्रमुख वा उपाध्यक्ष पाउने सहमति भएको छ ।

सहमति अनुसार माओवादीले बेलकोटगढी, ककनी, दुप्चेश्वर ,म्यागङ , किस्पाङ लिखु , पन्चकन्या र सुर्यगढी गाउँपालिकामा अध्यक्ष पाउने छ । यस्तै शिवपुरी गाउँपालिकामा एकिकृत समाजवादीले अध्यक्ष पाउने निर्णय भएको नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए ।

Advertisement

दुई दलविच तादी गाउँपालिकामा भने मित्रवत रुपमा प्रतिष्पर्धा गर्ने निर्णय भएको छ ।

यसअघि नुवाकोटको विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया