ईनारपाटीमा २ दिने पशुपालन व्यवसाय सम्बन्धी तालिम सम्पन्न

विदुर खबर २०७८ चैत ६ गते २२:१३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीमा २ दिने पशुपालन व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ ।

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोटको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय विदुरको सहयोगमा भएकोतामिमा सहभागीहरुलाई गोठ निर्माण, पशु आहारा , सरसफाइ , पशुहरुमा लाग्न सक्ने रोग, त्यसको उपचार, रोकथाम बिधि, पशु इन्सुरेन्स लगायत बिषयमा तालिम दिईएको नेपाल घरेलु तथा साना उद्योग महासघ नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए ।

यहि चैत ५ र ६ गते भएको तालिममा प्रशिक्षकद्व्य सिताराम रिमाल र रामप्रसाद खनालले प्रशिक्षण दिएका थिए । तालिममा २६ जना पशुपालक उद्यमीहरुको उपस्थित रहेको थियो ।

Advertisement

तालिम समापन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासघका बरिष्ट उपाध्यक्ष सुर्य कडेल, विदुर ६ का वडा अध्यक्ष राजु सडौला, नेपाल घरेलु तथा साना उद्योग महासघ बिदुर नगर अध्यक्ष राममणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस्ता तालिमहरु बेला बेलामा सन्चालन भएमा उद्यमी ब्यबसायिलाई सहयोग पुग्ने तालिममा सहभागीहरुले बताएका थिए ।

Advertisement

प्रतिक्रिया