श्रीराम श्रेष्ठको पुस्तक सार्वजनिक

नेपाली कांग्रेस नुवाकोटका सचिव एवं लेखक श्रीराम श्रेष्ठको नेपाली जनजातीय संस्कार र सस्कृति पुस्तकको दोस्रो संस्करण सार्वजनिक भएको छ ।

पूर्वमन्त्री एवम् नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितीमा पुस्तक सार्वजनिक भएको हो । कांग्रेस पार्टी कार्यालय नुवाकोटमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा वोल्दै नेता डा महतले पढ्नेलेख्ने सस्कृतीको विकासले मात्र सभ्य समाजको निर्माण हुने बताए । ‘
देशका सवै जातजाती, भूगोल, ईतिहास, धर्म, समुदायको अध्ययनले देश बुझ्न सजिलो हुन्छ–नेता महतले भने–पछिल्लो पुस्तामा पूस्तक अध्ययनको बानी कम हँुदै गएको छ, कांग्रेस कार्यकताले त झनै अध्ययन गर्नुपर्दछ ।’ आम नागरिकलाई देशको अवस्था बुझाउन र आफूले बुझ्नपनि अध्ययनको वानी बसाउन उनले जोड दिए ।
पुस्तकमा नेपालमा रहेका विभिन्न जातजातीको संस्कार, संस्कृती र जीवनशैलीवारे लेखिएको छ । पहिलो संस्करण पाठकहरुले अत्यन्तै रुचाएपछि दोश्रो संस्करण लिएर आएको छु–प्रकाशक श्रेष्ठले भने–जातजातीका संस्कृतीवारे सोहि जातीका नयाँ पुस्ता र अन्य जातीका पाठकहरुले पनि वुझ्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पूर्वसभापति ध्रुव अधिकारी लगायतको उपस्थिती रहको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया