नुवाकोटका लागि कांग्रेसले मदन अमात्यलाई प्रतिनिधि पठायो
विदुर खबर
२०७८ फागुन २५ गते ८:१८

नुवाकोट । नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

मंगलबार केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो । कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।

यस्तै रसुवाको लागि रमा कोइराला पौडेल र धादिङको लागि डा.गोविन्द प्रसाद पौडेललाई प्रतिनिधि पठाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया