बेतिनिमा लप्सीका विभिन्न परिकार बनाउने तालिम सम्पन्न

वेतिनि । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनिमा लप्सीका विभिन्न परिकार बनाउने तालिम गत साता सम्पन्न भएको छ ।

जिल्ला लद्यु उधमी संघ नुवाकोटको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट र दुप्चेश्वर गाउँपालिकाकोका आयोजनामा संचालन भएको तालिम ७ दिनसम्म संचालन भएको थियो ।
कार्यक्रमका दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले प्रगती सानै कुराबाट हुने बताउँदै सिके जानेका सिपहरु उत्पादन र जीबनसँग जोडियो भने त्यसले ठूलो परिवर्तन ल्याउने र आत्मनिर्भर बन्ने टेवा पुग्ने बताए । यो सिपलाई लिएर गाउँपालिकासम्म आएमा हर क्षेत्रबाट सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले हरेक कुरामा सहयोग गर्न पालिका र आफु सधेँ तयार रहेको बताइन् । उनले स्थानीय स्तरमा उत्पादन भएको लप्सीको अचार र अन्य परिकार उत्पादन गर्न महिलाहरु सक्षम रहने विश्वास व्यक्त गरिन् ।
यस्तै तालिम समापन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले स्थानीय उत्पादन र त्यसमा पनि महिलालाई प्राथमिकता दिने र उद्धमीको भविष्य राम्रो रहेको बताए ।

यस्तै तालिम आयोजक संस्था जिल्ला लद्यु उधमी संघ नुवाकोटकी अध्यक्ष गिता थापाले खेर गइरहेको स्थानीय श्रोतमा आधारित उद्यम अन्तर्गत लप्सीको परिकार बनाउने तालिम उपलव्धीमुलक हुने भएकोले बेतिनिमा तालिमको आयोजना गरेको बताइन् ।

कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र र लप्सीको विभिन्न परिकार बनाउन आवस्यक उपकरण प्रदान समेत गरिएका थियो ।
तालिममा झण्डै २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुले सिपलाई व्यवसायमा लागउन सकेको खण्डमा आर्थिक उपार्जन गर्नलाई सहज हुने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया