नुवाकोट आर्दश बहुमुखी क्याम्पसको छैठौँ क्याम्पससभा हुँदै

विदुर खबर २०७८ माघ १९ गते ९:२५

नुवाकोट । आज नुवाकोट आर्दश बहुमुखी क्याम्पसको छैठौँ क्याम्पस सभा हुँदै बस्दै छ ।

Advertisement

नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो क्याम्पसको रुपमा रहेको यो क्याम्पस राजनितिले थला परेको छ ।

जिल्लामा रहेका राजनितिक दलको क्रिडास्थल बनेको यो क्याम्पसको छैठौँ क्याम्पस सभालाई सबैले चासोका साथ हेरेका छन् ।

Advertisement

यता एमाले निकट विद्यार्थी संगठन अनेरास्वयियु बट्टार क्याम्पस कमिटिका अध्यक्ष रिजन रिमालले क्याम्पसको छैठौँ क्याम्पस सभा अवैधानिक भएकोले त्यसलाई तत्काल रोक्न माग गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा त्यस्ता सभा नरोकिएमा क्याम्पसको शैक्षिक र प्रगतिमा बाधा पुराउने भएकोले जुनसुकै कदम चाल्न अनेरास्ववियु बाध्य हुने चेतावनी दिएका छन् ।

Advertisement

यता छैठौँ क्याम्पस सभा बस्ने र बस्न नदिने समुहबीच किचलो बढिरहेको बेला क्याम्पसमा झडपको संभावना बढेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यत्त गरेका छन् ।

प्रतिक्रिया