नुवाकोटमा सक्रिय कोरोना संक्रमित ५९ पुगे
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका पछिल्लो २४ घण्टामा ६४ जनाको पिसिआर र ४ जनाको एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये १६ जना विदुर नगरपालिकाका रहेका छन् भने ५ जना बेलकोटगढी नगरपालिकाका रहेका छन् । यस्तै दुई जना तादी गाउँपालिकाका रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५० पुगेको छ । यस्तै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ हजार ३ सय ३९ पुगेको कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।
विदुर नगरपालिकामा १६ जना थपिए
विदुर नगरपालिकामा आईतवार एकैदिन १६ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज भेटिएका कोरोना संक्रमितमध्ये १० महिला र ६ पुरुष रहेका छन् । यससँगै विदुुर नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये हाल २६ जना नै आइसोलेसन वार्डमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय १५ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया