शुभ–प्रभात बचत तथा ऋण सहकारीको १४ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७८ पुष १७ गते २०:३३

विदुर । विदुर नगरपालिका वडा नम्बर २ ईन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाको सम्पुर्ण खर्च कटाई सहकारीले ३१ लाख ६८ हजार ७ सय ९५रुपैँया नाफा गरेको बताए । उनले हाल सहकारीमा ४ करोड ८८ लाख ३३ हजार ३१ रुपैयाँ रकम मौज्दात रहेकोले लगानी योग्य पूंजी अभाव नरहेको बताए ।

त्यस्तै सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ को लेखा परिक्षण प्रतिवेदन तथा तथा आव २०७८÷७९ को अनुमानित आय व्ययको बारेमा जानकारी दिँदै विदुर नगरपालिका वडा नम्बर २ को मुख्य बजार क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने बताए । उनले सेयर सदस्यहरु थप गरि कार्य क्षेत्र रसुवा र धादिङमा समेत विस्तार गर्ने लक्ष्य लिएर सहकारीको दायरा फराकिलो बनाउन लागेको बताए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिका मेयर सञ्जु पण्डितले आर्थिक समृद्धिको बाटोमा हिँड्न सहकारीले महत्वपुर्ण योगदान गरेको बताए । उनले जिल्लाभर कार्यक्षेत्र रहेको शुभ–प्रभात सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा रहेको भन्दै खुशी व्यक्त गरे । उनले सानासाना पूंजी संकलन गरेपनि धेरै हुने भन्दै सहकारी क्षेत्रले सबैको लगानीको आवश्यकताको पहिचान गर्नुपर्ने बताए ।

कार्यक्रममा नुवाकोट बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका उपाध्यक्ष शिव अधिकारीले प्रत्येक टोलटोलमा सहकारी रहेको भनदै सहकारीहरु मर्ज गरेर संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

Advertisement

कार्यक्रममा नेपाल सुनचादी तथा कला व्यवसायी संघका अध्यक्ष केशर सेन्चुरीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको भन्दै खुशी व्यत्त गरे । साधारणसभामा सहकारीको उत्कष्ट बचतकर्ता तथा ऋृणकर्तालाई समेत सम्मान गरिएको थियो ।

साधारणसभामा सगरमाथा ईन्सुरेन्सका पव्लिक डाइरेक्टर गजेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका वडा नं २ का वडा सदस्यसबु मिजार, अंसुवाटिका कृषि सहकारी संस्थाका अध्यक्ष रामलाल डंगोल, सृजनात्मक बचत तथा ऋण परिचालन सहकारी संस्थाका उपाध्यक्ष दिवाकर शर्मा, भैरवी माविका प्रध्यानाअध्यापक प्रेमचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया