नुवाकोट कांग्रेसले दियो मेलमिलाप दिवसको पुर्वसन्ध्यामा बृद्धबृद्धालाई खाना

विदुर खबर २०७८ पुष १५ गते १९:१८

नुवाकोट । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको पुर्व सन्ध्यामा नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको देविघाट जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई खाना खुवाएको छ ।

Advertisement

बुधवार नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका पदाधिकारीको टोली प्रतिष्ठान पुगेर देविघाट जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई नेपाली कांग्रेस नुवाकोटका पुर्वसभापति धुव्र अधिकारीले नगद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उप–सभापति राजु थापा, नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका अध्यक्ष शंकर प्याकुरेल लगायत रहेका छन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक प्रतिष्ठानमा अहिले ३१ जना बृद्धबृद्धाहरुले आश्रय लिएर बसीरहेका छन् ।

प्रतिक्रिया