पिपलटारमा मोटरसाईकल र्दुघटना, दुईजना सामान्य घाइते
विदुर खबर
२०७८ मंसिर १७ गते ७:५१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा २ जना घाइते भएका छन् ।

शुक्रवार विहान साढे ५ बजेतिर देविघाटबाट बट्टारतर्फ आइरहेको मोटरसाइकल र बट्टारबाट देविघाटतर्फ गइरहेको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा परि बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का सुनिल भुजेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुजाकोटले बताएको छ । उनको अहिले विदुरको एक अस्पतालमा उपचार भइरहेको छ भने अन्य एकजना घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरीले दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । मोटरसाईकलको पछाडी बस्ने दुबै जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया